काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले मङ्गलवार राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
राष्ट्रपतिसँग शिष्टाचार भेटघाटमा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल भएको उनले बताएका छन्।
सप्तरी २ बाट निर्वाचित राउतले चुनावको अन्तिम नतिजा आउनुअघि नै अधिकांश राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरिसकेका छन्।
Add Comment