समाज

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

राजविराज, २५ मङ्सिर । सप्तरीको विरेन्द्र बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार शम्भुनाथ नगरपालिका १ बस्ने ४५ वर्षिय शिवजी पासवान रहेका छन ।
गएराति रुपनी गाउँपालिका ६ स्थित विरेन्द्रबजारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ४ प १६३८ नम्बरको मोटरसाइकल विरेन्द्र बजारस्थित बन्दै गरेको सडकको कल्भर्टमा ठोकिएको स्थानीय बताएका छन् । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रहेको पासवान गम्भीर घाईते भएका थिए ।
दुर्घटनामा घाइते पासवानलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरि उपचारको लागि अस्पताल पठाएका थिए । उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको तथा चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page