समाज

आगो ताप्ने क्रममा जलेर पाल्पामा ७५ वर्षीय वृद्धको मृत्यु

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

आगो ताप्ने क्रममा जलेर पाल्पामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका १ कोटखेराका ७५ वर्षीय खिमबहादुर बिक रहेका छन ।
सोमबार बिहान आफ्नै घरको अगेनामा आगो ताप्ने क्रममा उनको एक्कासी जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । खरले छाएको माटोको घरमा सुत्ने कोठाभित्र अगेनामा आगो बालेर ताप्ने क्रममा बिक जलेको प्रहरीले जनाएको छ । ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page