धर्म संस्कृति

राजविराजमा पहिलो पटक जगन्नाथ रथयात्रा महोत्सव सम्पन्न, हजारौंँ सहभागी

पंकज साह (निखिल) /
राजविराज, ०२ पौष । श्री जगन्नाथ रथयात्रा महोत्सव राजबरिाजमा शनिवार पहिलो पटक धुम धामसाथ सम्पन्न भएको छ ।
श्री जगन्नाथ रथयात्रा समिती सप्तरीको आयोजनामा राजविराज नगरपालिका वडा नम्बर ७ हटयिामा रहेको लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट धुम धाम साथ जगन्नाथ रथ यात्रा निकालिएको थियो । चार धाममध्येको यो एक धाम उडीमा रहेको छ । जहाँ कृष्ण, बलभद्र र सुभद्राको पूजा गरिन्छ ।
लक्ष्मी नारायण राधाकृष्ण मन्दिर हटयिाको पूर्व गेट बाट निकालिएको जगन्नाथ रथ यात्रा महोत्सव मेन रोड बाट सुरु हुँदै सहदि चोक, सिरहा रोड भई राम मन्दिर, अदालत रोड, गजेन्द्र चोक, हनुमान मन्दिर हुँदै कंचनपुर रोड भएर राजदेबी मन्दिर, तेतरी गाछी चोक हुँदै पुनः सहदि चोकमा आई सिरहा रोड हटयिाको गेट दक्षिण हुँदै लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा पुगेर विसर्जन भएको थियो ।
जगन्नाथ रथ यात्रा महोत्सव सम्र्पुन भक्तजनहरु नाँच्दै गाँउदै हर्षको साथ भजनमा रमाएका थिएँ । भगवान श्री कृष्णको आत्मा, जगन्नाथ मन्दिर भारतको पश्चिम बंगाल राज्य अन्तर्गत पुरीमा रहेको विश्वास सहित राजविराजमा आयोजित राधाकृष्णको झाँकी सहित महोत्सव मनाइएको थियो ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र राजविराज सहित विभिन्न धार्मिक संघ संस्था लगायत करिब १० हजार सर्वसधारणको सहभागीता रहेको श्री जगन्नाथ रथयात्रा समितीको सप्तरी कायर्कता प्रभाकर साहले जानकारी दिनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page