धर्म संस्कृति

सप्तरीको चार पालिकाले दिए पुस शुक्ल पूर्णिमाको अवसरमा सार्वजनिक बिदा

कञ्चनरुप, २१ पुष । सप्तरीको चार पालिकाले पुस शुक्ल पूर्णिमाको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ।
हिन्दू धर्मावलम्बीहरुले विषेश महत्वका साथ मनाउने पुस शुक्ल पूर्णिमाको अवसरमा सप्तरीको कञ्चनरुप नगरपालिका, सप्तकोसी नगरपालिका ,राजबिराज नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाले सार्वजनिक विदा दिएका हुन् ।
कञ्चनरुप, सप्तकोसी, राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाले बिहीबार एक सुचना निकालेर नगर कार्यपालिकाको कार्यालय लगायत मातहतको अति आबश्यक सेवा बाहेक सबै वडा कार्यालयहरु, विद्यालय र विषयगत शाखाहरुमा विदा दिएको जनाएको छ ।
स्कृतिको संरक्षण र सम्वद्र्धन लागि विगतमा दिंदै आएको विदा यस वर्ष पनि पुस २२ गते एक दिन सार्वजनिक विदा दिएको हो ।

यसैगरी सप्तकोशी नगरपालिका ६ स्थित म्याग्जिन चौरियामा पुसि पूर्णिामाको अवसरमा लाग्ने ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मेलालाई भब्यताका साथ मनाउन सप्तकोशी नगरपालिकाले समेत पुस २२ गते सार्वजनिक विदा दिएको छ । नगरप्रमुख कृष्णा प्रसाद ढकालद्वारा बुधबार सुचना निकालेर पुस २२ गते नगरपालिकामा सार्वजनिक विदा दिएको जनाएको छ ।
पुस शुक्ल पूर्णिमाको दिन भव्य रुपमा कोशी नदी, ताल–तलैया, पोखरीलगायत जलाधारहरुमा स्नान गरी पूजा पाठ गर्ने माघस्नान आरम्भ तथा बिभिन्न स्थानमा मेला आयोजना गरि भव्य रुपमा पुसि पूर्णिमा मनाउने गरिन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page