काठमाडौं । प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् ।
काठमाडौं कोटेश्वरको एक होटलमा बिहीबार भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।
बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ । माओवादीबाट एमाले हुँदै स्वतन्त्ररूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा पार्टी घोषणा गरेका हुन् । साहले ४ मंसिरको चुनावअघि एमाले छाडेका थिए ।
Add Comment