जनकपुरधाम । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले बिहीबार पद तथा गोपनियताको सपथ लिने हुनुभएको छ।
७१ वर्षीय न्यौपानेलाई बिहीबार दिउँसो २ बजे प्रदेश प्रमुख हरिशंकर मिश्रले सपथ खुवाउन लागनु भएको हो । सांसद न्यौपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभाको अध्यक्षता गर्नुहुने छ ।
नेकपा एकीकृत समाजवादीका न्यौपाने सप्तरी ४ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो।
प्रदेशसभाका बाँकी १०६ जना सदस्यलाई शुक्रबार न्यौपानेले सपथ गराउनु हुनेछ।
मधेस प्रदेशमा १० वटा दलको प्रतिनिधित्व छ।
मधेस प्रदेश सभा सदस्यलाई ज्येष्ठ सदस्य गोविन्द न्यौपानेले सपथ गराउनुहुने











Add Comment