बृजमान तामाङ –
राजविराज, २२ पुस । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दलहरुलाई आव्हान गरेका छ्न ।
शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकारको लागि ७ दिनको समयसिमा दिएर सरकार गठनका लागि आव्हान गरेको हो ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दाबढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि २०७९ पुस २८ गते बिहिबार दिउसो ४ बजे भित्र दाबी पेश गर्न माननीय मुख्यमन्त्री ज्युबाट आव्हान भएको छ, प्रदेश प्रमुखको कार्यालयका सचिब सजेन्द्र पराजुलीद्वारा शुक्रबार जारी प्रेस विज्ञाप्तिमा उल्लेख छ ।
१ सय ७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ जना साँसद आबश्यक हुन्छ । प्रदेशमा हालसम्म कुन पार्टीले नेतृत्व गर्ने टुंगो लागेको छैन । सात दलिय गठबन्धनको सत्तासमिकरण अनुसार हालसम्मको अंक गणित हेर्दा जसपाको सम्भावना बलियो देखिन्छ ।
प्रदेश सभामा एमाले २४, जसपा १६ जनमत १३ गरि ५३ साँसद पुग्छ्न । माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी राप्रपा लगायतका केन्द्रिय सत्तासमिकरण हेर्दा सरकार गठनका लागि सत्ता गठबन्धनले प्रयाप्त बहुमत जुटाउन सक्छ ।
मधेश प्रदेशमा एमाले पहिलो, काँग्रेस दोश्रो, जसपा तेश्रो र जनमत चौथो दलको रुपमा छ्न ।
Add Comment