अर्थतन्त्र मधेस प्रदेश

मनकामना बहुमुखी सहकारी संस्था फत्तेपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न

शिव आचार्य –
फत्तेपुर, २० पुष । सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ स्थित रहेको मनकामना बहुमुखी सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा बुधबार फत्तेपुरमा सम्पन्न भएको छ।
सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा बोल्दै प्रमुख अतिथी ढकालले सहकारी जनमुखी हुनुपर्ने बताउँदै जनताको पहुच बैंक भन्दा सहकारी संस्थामा सहज पहुच भएकाले यसलाई ब्यबस्थित गर्नुपर्नेमा जोड दिएनुभयो।
कार्यक्रममा संस्थाका सहायक ब्यबस्थापक दिपक कुमार खडकाले आ.ब २०७८/०७९ को १४ करोड ६७ लाख ९५ हजार ४६ रुपैया बराबरको आयब्यय सार्वजनिक गर्नु भएको थियो। कार्यक्रममा संस्थाका ब्यब्सथापक पिताम्बर बरालले ब्यबसथापकको प्रतिबेदन सार्वजनिक गर्नु भएको थियो। कार्यक्रममा जेष्ठ सदस्य डम्बर कुमारी राउत ,लेलाइ सरदार, नियमित बचत कर्ता लक्षमी साह सुडि, उत्कृष्ट रिणि तिलक खडका,उत्कृष्ट कर्मचारीको रुपमा संस्थाका चालक अरुण थापा, उत्कृष्ट बजार प्रतिनिधिको रुपमा शृजना श्रेष्ठ लगायतलाई संस्थाले सम्मान गरेको छ।

५ सय ३१ जना शेयर सदस्य रहेको सहकारी संस्थाले साबिकका गाबिसहरु फत्तेपुर , ओद्राहा,कमलपुर,घोघनपुर,पिप्रापुर्व, कञ्चनपुर, जगतपुर,र धरमपुरलाई आफ्नो सेवा क्षेत्र बनाएको छ।
उक्त सहाकारि संस्थाले बचत कार्यक्रमका अलवा दुग्ध खरिदबिक्री ,मलखाद ,बिउबिजन लाई पनि प्राथमिकतामा राखी कारोबार गर्दै आइरहेको छ। मर्यादित ब्यबसाय र प्रबिधिमा सहकारी भन्ने मुल नाराका साथ सम्पन्न सस्थाको १४ औं साधारण सभामा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता, त्रियुगा सहकारीका अध्यक्ष शम्भु बहादुर खडका, सप्तकोसी नगरपालिका वडा नं. १ का अध्यक्ष रोहिणी प्रसाद पोखरेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो।

कार्यक्रममा बिशिस्ट अतिथि सप्तकोसी नगरपालिकाकी उप मेयर रिता कुमारी चौधरी , अतिथीहरु सप्तकोसी नगरपालिका वडा नं. ४ का अध्यक्ष जयराम खङ, वडा नं. ५ का अध्यक्ष गोसाइ चौधरी , कञ्चनरुप नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बच्चुलाल चौधरी ,लेखा समितीका सन्योजक नेसार अहमद लगायतको उपस्थिति रहेको थियो।
संस्थाकी उपाध्यक्ष सरस्वती कार्कीले कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने सहायक ब्यबस्थापक दिपक कुमार खडकाले कार्यक्रम सन्चालन गर्नुभएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page