अर्थतन्त्र

आईडियल सहकारीको २३ औं साधारण सभा सम्पन्न, शेयर सदस्यलाई १८% लाभांश दिने घोषणा

बृजमान तामाङ –
राजबिराज, २३ पुस । आईडियल सहकारी संस्था लिमिटेड राजबिराज–४ को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गणेश कुमार आशको अध्यक्षतामा शनिवार आयोजित एक समारोहका विच बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
राजबिराज स्थित जिल्ला समवन्य समितिको सभा हलमा आयोजित बार्षिक सभामा संस्थाका अध्यक्ष आशले अध्यक्षिय प्रतिवेदन प्रस्तुत गर्दै आ.व ०७९ असार मसान्त सम्म कुल बचत संकलन ९५ करोड ३५ लाख १७ हजार ४२ रूपैया ७४ पैसा रहेको बताउनु भयो । संस्थाको शेयर पुजी १० करोड ३३ लाख ७५ हजार १ सय रूपैया रहेको छ भने ॠण लगानी ९३ करोड ७ लाख ६३ हजार ४० रूपैया २२ पैसा रहेको प्रस्तुत प्रतिवेदनमा जनाएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष आशले शेयर सदस्यहरूलाई लाभान्स (बोनस) १८ प्रतिशत बितरण गर्ने घोषणा गरेको छ ।
संस्थाका उपाध्यक्ष बिजयानन्द झालेद्वारा आ.व २०७८/०७९ को प्रस्तुत लेखा प्रतिवेदन साधारणसभाले सर्वसम्मत पारित गरे । उक्त अवसरमा संस्थाका ब्यबस्थापक बिनोद साफी,कोषाध्यक्ष मंजु देबी साह,लेखा सुपरिवेक्षण संयोजक दिनेश कुमार साह, संचालक समिति सदस्य सुरज सिँह, पत्रकार नविन गुप्ता, भूषण सिँह, जितेन्द्र झा जितु, बिदियानन्द राम, चन्दन यादव,रामनाथ यादव लगायत शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।
राजेश झाद्वारा संचालित कार्यक्रममा स्वागत संस्थाका सचिव शैलेश चौधरीले गर्नुभयो । यसैगरी संस्थाले पुस २१ गते ईकाईगत रूपमा जिल्लाका पुर्वीभेगका सदस्यहरूको लागि हनुमानगरमा, पश्चिमीभेगका सदस्यहरूको लागि २२ गते पातोमा ईकाईको साधारण सभा सम्पन्न गरेको संस्थाका ब्यबस्थापक बिनोद साफीले जानकारी गराउनु भयो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page