समाचार

लेनदेन बिगो मुद्दाका प्रतिवादी सदालाई ६ महिना कैद सजायको फैसला

राजविराज, २३ पुष ।
लेनदेन विगो मुद्दाका प्रतिवादी सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ का रन्जु कुमारी सदालाई ६ महिना कैद सजाय तोकिएको छ । सप्तरी जिल्ला अदालतले शुक्रबार गरेको फैसला अनुसार सदालाई ६ महिना कैदमा राख्न आदेश दिएको हो ।
सप्तरी जिल्ला अदालत राजविराजले प्रतिवादी सदालाई पक्राउ गरि दाखिला गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पत्राचार गरेको छ । लेनदेन बिगो मुद्दामा सदालाई विगो बापत ६ महिना कैदमा राख्न प्रायोजनका लागि पक्राउ गरि अदालतमा उपस्थिति गराउन पत्रमा उल्लेख छ ।
सप्तरी जिल्ला अदालतको पुस २२ गतेको फैसला अनुसार प्रतिवादी सदालाई ६ महिना कैदको आदेश दिएको मो. इनुसले बताउनु भयो । अदालतले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पत्राचार गरि प्रतिवादी सदालाई पक्राउ गरि दाखिला गराउन आदेश गरेको उहाँले बताउनु भयो । प्रतिवादी सदा विदेश जानको लागि काठमाडौ गएकाले उनलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको इनुसले जानकारी दिनुभयो ।
२०७७ चैत मशान्तसम्मको अन्तिम भाका राखी सदाले २०७७ फागुन १५ गते स्थानीय मो. इनुससंग १ लाख २० हजार ॠण लिएका थिए । भाखा नाघेपछि ॠण बुझाउन पटकपटक ताकेता गर्दा समेत सदाले आलटाल गरेकाले उनीमाथि लेनदेन विगोमुद्वा चलाएको इनुसले बताउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page