मधेस प्रदेश समाचार समाज

सरकारी कागज तथा नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष रहमान मियाँ कारागार चलान

राजविराज, २४ पुस । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ सरकारी कागज तथा नागरिकता किर्ते गरेको आरोपमा आइतबार कारागार चलान भएका छन ।
सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो ।
मियाँमाथि मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता अपचलन गरेको आरोप छ । मुद्दा विचाराधिन रहेकै अवस्थामा मियाँ दोस्रोपटक गत स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
आर्थिक वर्ष २०७४÷०७५ देखि २०७७÷०७८ सम्म ७८ जनाको नाममा किर्ते कागजात पेस गरी सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको आरोपमा वडाध्यक्ष मियाँसहित २१ जनामाथि सप्तरी जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । यो प्रकरणमा ८३ लाख रुपियाँ भन्दा बढी सामाजिक सुरक्षा भत्ता रकम हिनामिना भएको जनाइएको छ । यो घटनामा वडाध्यक्ष मियाँसहित २१ जनालाई प्रतिवादी बनाएर २०७७ असोज २२ गते मुद्दा दर्ता भएको छ ।
रहमान मियाँ समेत २१ जनाले एक आपसमा मिलेमतो गरी एक अर्कालाई फाईदा पु¥याउने उद्देश्यले सो काम गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक नरेशकुमार सिंहले बताए । राज्यकोषबाट लक्षित वर्गका लागी सुबिधा पु¥याउन सामाजिक सुरक्षा भत्ता वितरणमा सरकारी कागज र छाप किर्ते गरी एउटै ब्यक्तिको नाममा दुईवटा नागरिकता नम्बर समेत प्रचलनमा ल्याएको प्रनाउ सिंहले बताए ।
सामाजिक सुरक्षा भत्ता निकासा गरी सरकारी रकम ८३ लाख ४१ हजार १०८ रुपियाँ हिनामिना गरी सरकारी कागज किर्ते तथा नागरिकता किर्ते गरेको आरोपमा फरार सूचीमा रहेका मियाँ गत बिहीबार पक्राउ गरिएको थियो ।
सो मुद्दामा तत्कालै पक्राउ परेका तत्कालीन वडासचिव विनोदकुमार ठाकुर अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा थुनामा छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page