समाचार समाज

सप्तरी प्याब्सनद्वारा अस्पताल र विशेष विद्यालयमा फलफूल वितरण

राजविराज, २४ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सप्तरीले आइतबार आफ्नो ३२ औं स्थापना दिवस फलफूल वितरण गरी मनाएको छ ।
प्याब्सनले राजविराजस्थित गजेनद्रनारायण सिंह अस्पतालका बिरामीहरु, पोषण गृहका कुपोषित बालबालिकाहरु, समाहित शिक्षा अन्तर्गत पब्लिक विन्देश्वरी माध्यमिक बिद्यालयका दृष्ट्रिविहीन स्रोत कक्षा र राजविराज नगरपालिका ६ स्थित बहिरा बालक स्कूलका बिद्यार्थीहरुलाई फलफूल वितरण गरेको प्याब्सन सप्तरीका अध्यक्ष अरुण कुमार देवले जानकारी दिए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष अनीलकुमार झाले देशको शिक्षाको विकासमा निजी क्षेत्रको उल्लेखनीय योगदान रहेको बताउँदै झाले प्याब्सनप्रति समाजको अपेक्षा र समाजप्रति प्याब्सनको उत्तरदायीलाई पनि स्मरण गरेर काम गर्नुपर्ने बताए ।
प्याब्सन सप्तरीका अध्यक्ष अरुणकुमार देवले हरेक विद्यार्थीमा केही न केही क्षमता हुने हुँदा त्यसको पहिचान गरी सृजनशिलतामा ध्यान दिनुपर्ने खाँचो औंल्याए । प्याब्सन दिवसबाट सुरु भएको सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरुले निरन्तरता पाउने प्रतिबद्धता गर्दै उनले जाडोमा न्यानो कपडा बाँडने योजना रहेको बताए ।

कार्यक्रममा प्याब्सन मधेस प्रदेशका प्राज्ञिक सल्लाहकार प्रा. डा. पञ्चदेव यादव, इन्सेक सप्तरी प्रमुख मनोहर पोखरेल, प्याब्सन सप्तरी उपाध्यक्ष देवानन्द चौधरी, सचिव संजय शर्मा, कृष्ण सिटौलालगायतले शुभकामना व्यक्त गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page