अर्थतन्त्र कृषि मधेस प्रदेश समाज

त्रियुगा सहकारीको २१ औं वार्षिक साधारण सभा सम्पन्न, १ करोड ५५ लाखभन्दा बढी नाफा

शिव प्रसाद आचार्य –
फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका १ स्थित रहेको त्रियुगा बहुमुखी सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा बुधबार फत्तेपुरमा सम्पन्न भएको छ।
साधारण सभाका प्रमुख अतिथि सप्तकोसि नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालले नगर भित्र रहेका सहकारीहरु सँग सहकार्य गरि विशेषत कृषकहरुको उत्थानमा विशेष ध्यान दिने बताउनु भयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी ढकालले कृषि उद्यमला नयाँ र आधुनिक किसिमका प्रविधि युक्त बनाई बजारीकरणमा सहजता ल्याउन नगरपालिकाको बिशेष ध्यान रहने बताउनु भयो। मल तथा बीउ बिजन बितरणमा देखिएको असहजतालाई अबका दिनमा किसानको वर्गीकरण गरि बर्गका आधारमा मल बीउ बितरण गरिने कुरामा नगर प्रमुख ढकालको जोड थियो।

कार्यक्रममा लेखा समितीका संयोजक पशुपती चौधरीले आर्थिक वर्ष ०७८/०७९ मा वार्षिक ५५ करोड ९८ लाख ८० हजार ८ सय छपन्न पैसा बराबरको आय ब्यय प्रस्तुत गर्नुभएको थियो। यस आर्थिक वर्षमा संस्थाले १ करोड ५५ लाख ८६ हजार ९ सय ४२ रुपैया खुदनाफा गरेको चौधरिले जानकारी गराउनु भयो। कार्यक्रममा संस्थाका ब्यबस्थापक दिपक कार्कीले ब्यबस्थापकिय प्रतिबेदन तथा संस्थाका अध्यक्ष शम्भु बहादुर खडकाले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक राजबिराजका प्रमुख चन्द्रमणी भट्टराई , मनकामना सहकारी संस्थाका अध्यक्ष अशोक चौधरी ,सप्तकोसी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रोहिणी प्रसाद पोखरेल, कृषक तुलाराम लुइटेल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो।

सप्तकोसी नगरपालिकाका सबै वडा तथा कन्चनरुप नगरपालिकाको ६ र ७ नम्बर वडा सम्म आफ्नो कार्यक्षेत्र बनाएको त्रियुगा सहकारीमा हाल ३ हजार ७ सय २७ शेयर सदस्य रहेका छन् । मधेस प्रदेशमै उत्कृष्ट सहकारीको रुपमा ठहरिँदै आएको यस संस्था पटक पटक पुरस्कृत हुँदै आएको छ। साधारण सभामा सस्थाले उत्कृष्ट बचतकर्ता कमलपुरकी अस्मिता खत्री ,सचिदानन्द चौधरी , दिब्या कार्की ,उत्कृष्ट दुग्ध किसान गंगाजलीकी इन्दिरा आचार्य , लक्ष्मन राउतलाई सम्मान गरेको छ। संस्थामा कार्यरत ३२ जना कर्मचारी मध्य उत्कृष्ट कर्मचारीको सम्मान लेखा शाखा प्रमुख सन्जय चौधरीलाई प्रदान गरिएको थियो।

संस्थाले हाल आफ्नो कार्यक्षेत्र भरी दूध डिपो स्थापना गरि संकलन ,मलखाद तथा बीउ बिजन बिक्री बितरण ,दुग्ध जन्य परिकार उत्पादन तथा बिक्री तथा बचत तथा ऋण लगानी कार्य गर्दै आइरहेको छ।
साधरण सभाको उद्घाटन सत्र सहकारीका अध्यक्ष शम्भु बहादुर खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तब्य सन्चालक समिती सदस्य भरत पौडेलले ब्यक्त गर्नुभएको थियो। कार्यक्रम सन्चालन संस्थाका ब्यब्सथापक दिपक कार्कीले गर्नुभयो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page