चाँदनी बजार, ३० पुस । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ स्थित हरिहरपुरमा संचालित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष उमेश कुमार शर्माको अध्यक्षता तथा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका विच साधारणसभा सम्पन्न भएको हो ।
मावि मट्टीगढीको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, पुर्व सभासद असर्फी सदा, अग्निसाईर कृष्णासवरन गाउँपालिका ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्री नारायण चौधरी, सानाकिसान कृषि सहकारी संस्था रुपनीका प्रबन्धक घनश्याम यादव, पातोका अध्यक्ष सत्यनारायण यादव, छिन्नामस्ताका अध्यक्ष विरेन्द्र कुमार साह, जनकल्याण कृषि सहकारी संस्था हरिहरपुरका अध्यक्ष देवकान्त चौधरी, अग्निसाईर कृष्णासवन गाउँपालिकाका कृषि शाखा प्रमुख वसन्त कुमार यादव,मावि प्रशवनीका पुर्व अध्यक्ष भगवती प्रसाद यादव, पुर्व शिक्षक कुन्जिलाल चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
पुर्व प्रधानाध्यापक चन्द्रदेव चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत संस्थाका पुर्व अध्यक्ष वसन्त कुमार यादवले गरे भने बार्षिक प्रगति प्रतिबेदन तथा भावी निति तथा कार्यक्रम अध्यक्ष शर्माले प्रस्तुत गरेका थिए ।
संस्थाको आ.ब. २०७८/०७९ को आय-व्याय तथा आ.व. २०७९/०८० को बार्षिक नीति बजेट तथा कार्यक्रम आइतबार बन्दसत्रमा बृहत छ्लफल गरि पारित गर्ने कार्यक्रम रहेको संस्थाका प्रबन्धक आशा कुमार चौधरीले जानकारी दिईन ।
Add Comment