समाचार

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं, १ माघ । पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।
कास्की प्रहरीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो। यती एयरलाइन्सका अनुसार ६८ यात्रु लिएर काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटनामा परेको छ । जहाजमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए। 
विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

   

You cannot copy content of this page