सोमबार, २४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, २४ कात्तिक २०८३
समाज

सानाकिसान कृषि सहकारी संस्था हरिहरपुरका १० जना उत्कृष्ट व्यक्ति सम्मानित

बृजमान तामाङ /
चाँदनी बजार, ३० पुस । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ३ स्थित हरिहरपुरमा संचालित सानाकिसान कृषि सहकारी संस्थाले १० जनालाई सम्मान गरेको छ ।
संस्थाको १२ औं बार्षिक साधारणसभाको अबस्थामा शनिबार आयोजित एक समारोहका विच संस्थाका उत्कृष्ट तथा असल ऋणिलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा रंजिता कुमारी चौधरी, राजोदेवी साफी, मनु चौधरी, सृजना चौधरी, मिश्रीलाल चौधरी, दुरोदेवी यादव, ईन्द्रावती राम, हजारा खातुन, निरु जोशी र रविन्द्र कुमार जोशी रहेका छन् ।

उनीहरुलाई विषादी छर्कने स्प्रे प्रदान गरि माला टीका लगाएर सम्मान गरिएको थियो । संस्थामा उत्कृष्ट कारोबार गरेकाले असल ॠणिको रुपमा उनीहरुलाई सम्मान गरिएको संस्थाका प्रबन्ध आशा कुमारी चौधरीले जानकारी दिईन ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page