काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर उपसभामुखमा निर्वाचित भएकी छन् । प्रतिनिधिसभामा भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गरेकी हुन् ।
इन्दिराको प्रस्तावकमा सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन थिए ।
राना १६६ मतसहित निर्वाचित भएकी हुन् । उनको विपक्षमा यादवलाई ९७ जना सांसदको समर्थन रहेको थियो । यस्तै तटस्थ १ मत परेको थियो ।
प्रतिनिधिसभामा २६४ सांसदको उपस्थिति थियो ।
Add Comment