मधेस प्रदेश राजनीति

मधेश प्रदेशका मुख्यमन्त्रीमा जसपाका सरोज कुमार यादव नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन । प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित ६३ प्रदेश सांसदको समर्थन सहितदावी पेश गरेका थिए ।
कुनै एक दलको बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि दाबी पेश गर्नका लागि प्रदेश प्रमुख मिश्रले पुस २२ गते मुख्यमन्त्री सहितको सरकार गठनको लागि दाबी पेश गर्नका लागि आव्हान गरेका भएको थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि नवनियुक्त मुख्यमन्त्री यादवले पत्रकारहरू सँग कुरा गर्दै प्रदेश सरकारले गर्न बाँकी रहेको कामकाज गर्नुका साथै समर्थन गर्ने सबै सहयात्री घटकहरूलाई धन्यवाद दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page