बिराटनगर, माघ ०९ गते । कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप महानगरपालिका १६ का २४ वर्षीय सुजन विश्वकर्मा रहेका छन ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयको रित समुहबाट खटिएको प्रहरी टोलीले सुजनलाई सोमबार धरानबाट पक्राउ गरेको हो ।
कुटपिट अंगभंग मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको २०७६।०२।२८ गतेको फैसला आदेशले २ बर्ष कैद र रु १ लाख जरिवाना तोकिएको थियो ।
तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले कैद भुक्तानको लागी झुम्का कारागार पठाएको जनाएको छ ।
Add Comment