मधेस प्रदेश समाचार

मधेश प्रदेशको मन्त्रिपरिषद विस्तार, एमालेका लेखी कानून न्याय तथा प्रदेश मामिला मन्त्री नियुक्त

सप्तरी, २० माघ । मधेश प्रदेश सरकारले आज मन्त्रीमण्डल विस्तार गरेको छ ।
नेकपा एमालेका राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला मन्त्री नियुक्त भएका छन् ।
त्यस्तै महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी साह सामाजिक विकास तथा सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री, सिंहासन कलावार खानेपानी तथा उर्जा विकास र मोहम्मद जयद खा आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् । शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चारराज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले २९ गते तीन सदस्य बिना विभागीय मन्त्री मण्डल गठन गरेका थिए ।
पछि उनले बिना विभागीय मन्त्री जसपाका संजयकुमार यादवलाई अर्थ मन्त्री, नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र जनमतका वसन्त कुशवाहालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page