कोशी प्रदेश समाचार समाज

सुनसरीको दुहबीबाट १७ किलो गाँजा सहित ५ जना पक्राउ

सुनसरी, माघ २० गते । सुनसरी प्रहरीले दुहबी नगरपालिका ३ स्थित कोशी राजमार्गबाट लागूऔषध गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अटो चालक इटहरी उपमहानगरपालिका ११ का ३७ वर्षीय महमद हजरत अली, उक्त टेम्पोमा सवार रहेका इटहरी १३ का १९ वर्षीय आकाश पटेल र २७ वर्षीय आसिस पटेल रहेका छन् । अनुसन्धानको क्रममा संलग्न रहेका इटहरी १२ का २७ वर्षीय अरुण कुमार सरदार र देवानगंज गाउँपालिका ५ का २३ वर्षीय मिथिलेस यादब समेतलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो साढे ३ बजे बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले इटहरीबाट बिराटनगर तर्फ आउदै गरेको को २ ह ३०४४ नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई राखेको १७ किलोग्राम गाँजा बरामद गरेको हो ।
टेम्पोमा गाँजा बरामद भए संगै उनीहरुमाथि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page