समाचार

त्रियूगा सहकारी संचालक समितिको अध्यक्ष पदमा खगेन्द्र कार्कीको उम्मेदवारी

कञ्चनरुप, २४ माघ । आगामी फाल्गुन ९ गते हुने त्रियूगा बहुमुखी सहकारी संस्थाको संचालक समितिको अध्यक्ष पदमा संयुक्त प्यानलै सहित विभिन्न व्यक्तिहरुले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुर स्थित रहेको त्रियूगा बहुमुखी सहकारी संस्थाको फाल्गुन ९ गते हुने संचालक समितिको निर्वाचनमा अध्यक्ष पदमा विभिन्न व्यक्तिहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दिनेमा खगेन्द्र कार्की अध्यक्षता १२ जना, चन्द्र सेखर चौधरीको अध्यक्षतामा १२ जना र डम्बर शाहको अध्यक्षतामा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
खगेन्द्र कार्कीको प्यानलमा अध्यक्ष पदमा कार्की, उपाध्यक्ष पदमा सत्यनारायण यादव र जिल्ला प्रतिनिधिमा जय प्रसाद ढुंगाना रहेका छन् ।
त्यस्तै सदस्यहरुमा भरत पौडेल, मनिर मिया, बिन्देस्वर खड्गा ,कमला देबि अधिकारी ,निर्मला भुजेल ,रामकुमारी महतो रहेका छन् । लेखा समिति तर्फ लेखा संयोजक उमेस यादब, लेखा सदस्य भलिया देबि चौधरी, लेखा सदस्य अम्बिका भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी चन्द्रशेखर चौधरीको प्यानलबाट अध्यक्ष पदमा चोधरी, उपाध्यक्ष पदमा विद्यानन्द महत्तो, जिल्ला प्रतिनिधि ललित कुमार खड्गा, सदस्य मान प्रसाद लुइटेल, सदस्य प्रमोद कुमार दास, सदस्य सम्भु प्रसाद चौधरी, सदस्य मुना कटवाल, सदस्य इन्द्रकला देबी तेलिन, सदस्य मिना देबी साहू तथा लेखा सुपरिबेक्षण समिति संयोजक तथा सदस्यहरु संयोजक सम्भु प्रसाद फुयल, सदस्य मो. तैयब मियां, सदस्य बिमला कुमारी खंगले उम्मेदवारी दर्ता गराएका छन् ।
सहकारीले निर्वाचन तालिका समेत सार्वजनिक गरिसकेको छ । शेयर सदस्यहरुले मात्र मतदान गर्न पाउने सहकारीले जनाएको छ ।
उमेद्वारको नामावली प्रकाशन २०७९–१०–२४ गते मध्यान्न १२ बजे, दावी विरोध र उमेद्वारी नाम फिर्ता २०७९–१०–२४ गते १२ बजे देखि २६ गते अपरान्ह २ बजे सम्म, मतदान कार्यक्रम २०७९ फाल्गुन ९ गते बिहान ८ बजे देखि ५ बजे सम्म, मतगनणा सुरु फाल्गुन ४ गते मतदान पश्चात सोहिदिन, निर्वाचन परिणाम घोषणा फाल्गुन १० गते मतगणना सम्पन्न भए पश्चात तथा सपथ ग्रहण तथा कार्यक्रम समापन २०७९ फाल्गुन १४ गते रहेको त्रियुगा सहकारीका ब्यबस्थापक दिपक कार्कीले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page