शिब प्रसाद आचार्य /
बलार्दह (फत्तेपुर) । मधेस प्रदेश न्याय,कानुन तथा प्रदेश मामिला मन्त्री राजकुमार लेखीले शिक्षा क्षेत्रको सुधारमा आफ्नो बिशेष ध्यान रहने बताउनु भएको छ। बुधबार आफ्नो गृह नगर सप्तरीको सप्तकोसी नगरपालिकाका स्थानीयसँग सम्बाद गर्दै लेखिले सो कुरा बताउनु भएको हो।
सम्बाद कार्यक्रममा बोल्दै मन्त्री लेखीले हामी मान्छेको जीवन नै शिक्षाले परिवर्तन गर्ने हुदा असल शिक्षा प्रदान गर्ने विद्यालयलाई पुरस्कृत गर्ने र यस क्षेत्रको कुनै एक विद्यालयलाई प्राबिधिक कलेजको रुपमा स्थापना गरिने बताउनुभयो।

सप्तकोसी नगरपालिका वडा नम्बर ४ को सभाहलमा आयोजित सम्बाद कार्यक्रममा बोल्दै मन्त्री लेखीले कोशी टप्पुको समस्या , त्रियुगा खोला र ट्याङ्रा खोला को दिर्घकालिन समस्या समाधान तत्काल गर्नुपर्ने भएको हुँदा डिपिआर मार्फत काम थालनी गरिनु पर्ने बताउनु भयो।
कार्यक्रम सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो।



















Add Comment