समाचार

कञ्चनरुप नगरपालिकामा कार्यपालिकाको बैठक बोलाएर नगर प्रमुख गुप्ता अनुपस्थित, अधिकृत साह २५ दिन देखि कार्यालयमा छैनन्

कञ्चनरुप, माघ २५ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा कार्यपालिकाको बैठक बोलाएर नगर प्रमुख आफै नआएपछि कार्यपालिका सदस्यहरुले नगरप्रमुखको हदैसम्मको रबैया भएको टिप्पणी गरेका छन् ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले सोमवार सबै कार्यपालिका सदस्यहरुलाई बोलाएर बुधवार बिहान ८ः०० बजे कार्यपालिकाको बैठक बस्ने भनेर जानकारी दिइएका थिए । हामीहरु सबै निर्धारीत समयमा उपस्थित भयौं तर नगर प्रमुख गुप्ता नै विहान ११ः०० बजेसम्म उपस्थित भएनन् नगर उपप्रमुख मुना कुमारी पोखरेलले सञ्चारकर्मीहरुलाई बताइन् ।

आफुहरुलाई सभाहलमा तीन घण्टा कुराएर नगर प्रमुखको हदैसम्मको रबैया भयो उनले भनिन् नगर प्रमुखले आफ्नो विचार तथा मनोमानी ढंगले नगरको कुनैपनि काम गर्न सक्दैन । बहुमत कार्यपालिका सदस्यहरुले पटक पटक बैठकको माँग गर्दै आउने क्रममा गुप्ताले वेवास्ता गरेका कारण आफु लगायत बहुमत सदस्यहरुले केहिदिन अगाडि धर्ना बसेको स्मरण गराइन् ।
यस अघि माघ ३ गते बैठक राख्ने भनेर जानकारी गराइएपनि बैठक क्यान्सिल गरायो पोखरेलले भनिन । उनले गुनासो गर्दै भनिन नगर प्रमुखले मसंग नगर प्रमुखले कुनैपनि कामको वारेमा छलफल वा सरसल्लाह गर्दैन, उल्टै मैले कुनैपनि कुरा थाहा नपाउन् जस्तो गर्दछ । आजैको बैठकमा के कुन कारणले उहाँ आउनसक्नु भएन त्यो त कमसेकम मलाई जानकारी दिन सक्थ्यो नी ? तर किन जानकारी दिइएन र उहाँ कहाँ कुन कामले वेपत्ता भयो सोको कुनै खबरै छैन पोखरेलले बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत साह २५ दिन देखि कार्यालय आएका छैनन् । उनले कस्तो बिदा लिइएर कहाँ गएकी हुन् यसको वारेमा आफुलाई थाहा नभएको उपप्रमुख पोखरेलको कथन छ । दिनानुदिन कार्यालयको कामकाजमा प्रतिकुल असर पर्दै गइरहेको छ । नगर परिषद तथा विकासीय योजनाका कामकाज निर्धारित समयमा हुन नसक्नु, लेखाका हर हिसाव लथालिङ्ग अवस्थामै हुनु जस्ता भद्रगोल गतिविधि देखा परेको कार्यपालिका सदस्यहरुको दावी छ ।

यतिबेला नगरपालिकाको सबै काजकाज ठप्प छ भन्दा हुन्छ ६ नम्वरवडाका वडा अध्यक्ष बच्चुलाल चौधरीले भने प्रमुख प्रशासकीय अधिकृत माघ २ गतेबाट हिडेको आजसम्म कार्यालयमा हाजिर नहुनु यो मनपरी हो ।
लेखाको काम दुई महिनादेखि अस्तव्यस्त नै छ । लेखा अधिकृत राजेश कुमार राजपनि २ महिनादेखि कार्यालय आएका छैनन् । आफ्ना विचारयोग्य कर्मचारीले जे गरेपनि हुने ? तर दिनभरी इमान्दारसंग काम गर्ने कर्मचारीलाई लखट्ने र हटाउने नगरप्रमुखको ज्यादतिप्रति उनीहरुले आपत्ति जनाए । हामीहरु पद्घति र सिस्टम तथा नियमनकारी कार्यमा एकजुट भएर नगरको सम्पूर्ण विकास कार्यमा जुटौ भन्ने हो, प्रतिसोध साध्न तर्फ कोहिपनि लाग्दछ भने त्यसको घोर विरोध गर्दछौ बहुमत कार्यपालिका सदस्यहरुको तर्क छ ।
हाम्रो आन्दोलन जारी नै छ हामी दुईदिन हेर्छाै यसमा पनि नगरप्रमुखले कुनै निकास दिदैन भने परिणाम नराम्रो आउनसक्छ भन्ने उनिहरुले चेतावनी समेत दिइएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page