राजविराज, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवश, महाशिवरात्री एवं नेपाली सेना दिवसको अवसरमा राजविराज नगरपालिकामा शनिबार सरसफाइ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरी, राजविराज नगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा राजदेवी मन्दिर, गजेन्द्रनारायण चौक तथा जिल्ला प्रशासन कार्यालयको परिसरमा बृहत सरसफाई गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय युवा, राजविराज नगरपालिकाका सरसफाइ कर्मचारीले मन्दिर र मुख्य चौक तथा सडकहरुमा सरसफाइ गरेका थिए ।
Add Comment