खेलकुद

नेपालको लगातार तेस्रो जित, यस्तो बन्यो लिग–२ अंक तालिका

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।
तेस्रो जित निकाल्ने क्रममा शनिबार नेपालले नामिबियालाई ३ विकेटले हरायो । जारी सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो ।
दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध नेपाल ३ विकेटले विजयी भयो । तेस्रो खेलमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४७.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपाललाई जित दिलाउने क्रममा आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय पारी खेले ।
लगातार तेस्रो जितपछि विश्वकप लिग–२ को शीर्ष तीनमा रहने विश्वकप छनोट खेल्ने नेपालको सम्भावना जीवितै रहेको छ । अब नेपालले यो प्रतियोगिताको शीर्ष तीनमा स्थान पक्का गर्न बाँकी ९ वटै खेलमा जित हात पार्नुपर्नेछ ।
अहिलेसम्म नेपालले लिग–२ मा २७ म्याच खेलेको छ । जसमा नेपालले ११ मा जित, १४ मा हार , दुई खेलमा अंक बाँडेको छ ।
नेपाल अहिले २४ अंकका साथ तालिकाको छैटौँ स्थानमा छ ।

१२४ म्याच सकिँदा लिग–२ को अंक तालिका :

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page