बिराटनगर, ७ फागुन । लेनदेन बिगो मुद्धाका एक जना फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाँउपालिका २ पडारवानीका ४२ वर्षीय चन्दन कुमार माझि रहेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले माझिलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
लेनदेन बिगो मुद्धामा सम्मानित मोरङ जिल्ला अदालत बिराटनगरको मिति २०७९–१०–२० गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष ९ महिना १४ दिन कैद फैसला गरेको थियो ।
पक्राउ परेका माझिलाई सम्मानित मोरङ जिल्ला अदालत दाखिला गराएकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Add Comment