कोशी प्रदेश समाचार समाज

प्रियंका सुनारको हत्यामा संलग्न रहेको आशंकामा श्रीमानसहित ४ जना पक्राउ

बिराटनगर, फाल्गुन ९ गते । जिल्ला प्रहरी कार्यालय मोरङले बिराटनगर महानगरपालिका १९ की २८ वर्षीया प्रियंका सुनारको हत्यामा संलग्न रहेको आशंकामा उनको श्रीमानसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका ५ का ३५ वर्षीय उमेश सरदार, ६२ वर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका ७ का ५३ वर्षीय श्रीराम चौधरी र प्रियंकाको श्रीमान २९ वर्षीय रमेश साह रहेका छन् ।
फाल्गुन ८ गते सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका २ का नरसिंह चौधरीको ग्वाली घरमा प्लास्टिकको बोरामा लाश फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षक सहितको प्रहरी अनुसन्धान टोली घटनास्थमा खटि प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page