मधेस प्रदेश समाचार

सशस्त्र प्रहरीका असई सत्यनारायणको हत्या गरेको अभियोगमा प्रहरी जवानलाई जन्मकैद

सप्तरी, ९ फागुन । सप्तरीमा सशस्त्र प्रहरीका असईको हत्या गरेको अभियोगमा प्रहरी जवानलाई जन्मकैदको सजाय तोकिएको छ ।
सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी) मा कार्यरत शस्त्र प्रहरी जवान ओखलढुङ्गा जिल्ला खिजिदेम्वा गाउँपालिका–२ का ३९ वर्षीय होमबहादुर खत्रीलाई सोमबार जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले जन्मकैदको फैसला गरेको हो ।
उनले सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी) मा कार्यरत असई ४५ वर्षीय सत्यनारायण यादवको हत्या गरेका थिए ।
जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलाशले कात्तिक २२ गते खत्रीलाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएको थियो । कसूरदारलाई जन्मकैदका साथै ३ लाख रुपियाँ क्षतिपूर्ति भराउने र फौजदारी कसूर पीडित राहत कोषमा २ हजार ८ सय रुपियाँ जम्मा गराउने फैसला भएको अदालतले जनाएको छ ।
आरोपितले २०७९ असोज १९ गते हत्या गरेको भन्दै मृतककी पत्नी फुलसैरदेबी यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । मोहनपुरस्थित बोर्डर आउट पोष्टभित्रै हत्या गरी घटना लुकाउन आरोपित खत्रीले अन्य व्यक्तिको सहयोगमा भारत पु¥याएर शव फालेको मृतक परिवारका सदस्यको आरोप थियो ।
नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारत बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा पुनर्वासस्थित खोलामा ०७९ असोज २० गते बिहान यादवको शव नाङ्गो अवस्थामा फेला परेको थियो ।
सिरहा जिल्ला भगवानपुर गाउँपालिका–२ नरहाका असई यादव र ओखलढुङ्गा जिल्ला खिजिदेम्वा गाउँपालिका–२ निवासी खत्री सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी) मा कार्यरत थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page