मधेस प्रदेश समाज

सप्तरीमा आगो ताप्दा जलेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

सप्तरी । सप्तरीमा आगो ताप्दा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्लाको अग्निसाईर कृष्णासवरन गाउँपालिका ३ मट्टीगढाकी ५० वर्षीया द्रोपती कुमारी भगतको उपचारको क्रममा बुधबार अस्पतालमा मृत्यु भएको हो ।
भगत आफ्नै घर पछाडि बाटोमा बालेको आगो ताप्ने क्रममा आगो लाग्दा घाइते भएकी थिइन् ।
साडीमा आगो सल्की छाति देखि मुनिसम्म जलेर गम्भीर घाईते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा समान्य उपचार पश्चात थप उपचारको लागी बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।
उपचार पछि साबिक घर खडक नगरपालिका ११ बनौली लगिएको थियो । फागुन ६ गते पुन अवस्था बिग्रेपछि स्थानीय अस्पतालमा उपचार गराई थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page