जनकपुर, फागुन २० गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ स्थित राजदेवी मन्दिरबाट चाँदीका मुर्तिसहित गरगहना चोरी गर्ने पाँचजना पक्राउ परेका छन् ।
सो घटनामा संलग्न रहेको भन्दै धनुषा प्रहरीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने बर्ष ३७ का रजाक मोहमद, विदेह नगरपालिका न. ४ सुन्दरपुर बस्ने बर्ष २९ का मोहमद हबगुल्ला साह, बर्ष २२ का नर्सुदिन साह, बर्ष ३० को सरिफ मुसलमान, कमला नगरपालिका ७ हथमुन्डा बस्ने बर्ष २२ का रमेश कुमार महतोलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट देवीको चाँदीको मुर्ती, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्रि, कानको झुम्का लगायतको सुन चाँदीको सामानहरू, मुर्ती सहित चाँदीको पिढी २ किलो, चाँदीको मुकुट २५ तोला, चाँदीको झाप १ किलो, चाँदीको थाली ५०० ग्राम, चाँदीको लोटा १५ तोला, चाँदीको घण्टि १२ तोला, सुनको मनटिका ६ अना, सुनको नथिया १० अना, सुनको सिक्रि ४ अना, सुनको नाकको टप १ अना, सुनको कानको बाली ६ अना, चाँदीको मुर्तीको टुक्रा र मुकुटको टुक्रा समेत गरी २ किलो बरामद भएको छ ।
त्यस्तै पासपोर्ट थान–१, परीक्षा प्रबेश पत्र थान–१ ० तामाको मरअंकित बस्तु थाना–१, पित्तको कसौडी थान–१, पित्तलको सानो लोटा थान–१, पित्तलको गिलास थान–१, दियो थान–१, तामाको सानो सानो गिलासहरु, चरेशको थाल–७ थान, हम्मर थान–१, कमण्डल थान–१ समेत बरामद गरिएको धनुषाप्रहरीले जनाएको छ ।
त्यस्तै दान पेटिकामा रहेको नगद २÷३ महिना देखी नखुलेको र नगद ११ हजार ५०० रुपैयाँ, कटुवा पेस्तोल १, त्यसमा प्रयोग हुने गोली १ राउण्ड, मोवाइल थान १३ थान, खुकुरी चार थान, ह्याक्सो ब्लेड १ थान, फलामको छेनी थान–२, ठुलो फलाको घन–१, सलाई रिन्च–१, फलाको चारपाटे बस्तु, खुकुरी थान–१, खन्ती थान–१ वटा समेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूको समूहले नै जनकपुर १२ कुवा स्थित हनुमान मन्दिरमा समेत चोरी गरेको भन्ने बुझिएकोमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
गत १४ गते राति १२ बजेर १० मिनेटमा मन्दिरको ताला तोडी मन्दिरबाट देवीको चाँदीको मुर्ती सहितको गरगहनाहरु चोरी भएको थियो ।
Add Comment