समाचार समाज

हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु

कास्की । पोखरामा आज दिउँसो ४ बजे आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एकजनाको मृत्यु भएको छ ।
फेवातालमा डुङ्गा पल्टिँदा पोखरा महानगरपालिका–१ बगर बस्ने ७० वर्षीय याममाया गिरी घाइते भएकी थिइन ।
प्रहरीले उद्धार गरी गिरीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाए पनि डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।
डुङ्गामा सवार ६ जनामध्ये अन्य पाँचजनाको अवस्था भने सामान्य रहेको जनाइएको छ । सामान्य घाइते हुनेहरुमा ४९ वर्षीय राजकुमार गिरी, २१ वर्षीय एलिशा गिरी, ४१ वर्षीय खगेन्द्र गुरुङ (चालक), ४९ वर्षीय माया गिरी र २५ वर्षीय विशाल गिरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page