समाचार

माधव नेपालका भाइ सरोजको होटलको ६ तलामाथिबाट खसेर निधन

काठमाडौं । माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको शंखमुलको एक होटलको ६ तलामाथिबाट खसेर निधन भएको छ।
उपाध्याय शनिबार दिउँसो शंखमुलस्थित एक होटलको छैठौं तलाबाट खसेका थिए। उनलाई तत्काल उपचारका लागि उद्धार गरी सिभिल अस्पताल पुर्‍याइएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि अन्नपूर्ण अस्पताल पुर्‍याइएकोमा त्यहाँ उपचारका क्रममा उनको निधन भएको जनाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दिवंगत सरोजकुमार उपाध्यायले रेस्टुरेन्टको छतबाट हाम फालेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित एक रेस्टुरेन्टको छतबाट खसेर मृत्यु भएका भनिएका उपाध्यायले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको हो ।

   

You cannot copy content of this page