समाचार

रिटर्नी फेडरेशन नेपाल सप्तकोशी नगर अध्यक्षमा जित बहादुर बिष्ट सर्वसम्मत चयन

कञ्चनरुप, २० फागुन । रिटर्नीको ज्ञान, सीप र पुँजी र जागर ,समृद्ध नेपाल निर्माणको दिगो आधार भन्ने नाराका साथ नेकपा एमालेको भातृ संगठन रिटर्नी फेडेरेसन नेपालको प्रथम सप्तकोशी नगर अधिवेशन सम्पन्न भएको छ।
सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुर स्थित मगर संघको सभाहलमा शनिबार आयोजित प्रथम नगर अधिबेशनले जित बहादुर बिष्टको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा गठन गरेको छ ।
गठित समितिको उपाध्यक्षमा अरुणा राई चौधरी, सचिबमा बाबुराम बास्तोला, सह–सचिबमा जय प्रसाद साह र मो. इर्ताज सिद्दीकी तथा कोषाध्यक्षमा मान बहादुर कार्की चयन हुनु भएको छ ।

सदस्यहरुमा दिपक दाहाल, धनमाया नेपाली, श्याम नारायण चौधरी, सितल चौधरी, सन्जय कुमार साह, सन्तोष कर्ण, मो. फत्ते, मो. नसुसिद्दीकी, दिपेश चौधरी, श्याम नारायण चौधरी, आशाराम चौधरी, जय प्रसाद चौधरी, अजय चौधरी, अशोक चौधरी, दिलिप कुमार चौधरी, मोतिलाल खंग, निरा तामाङ, महेश प्रसाद यादब, रामेश्वर महतो, सनोज यादब, इन्द्रदेब चौधरी, वसन्त बिक रहनु भएको छ ।
अधिबेशनमा रिटर्नी फेडेरेसन नेपालकी केन्द्रीय सदस्य सरिता चौधरी, नेकपा एमालेका मधेश प्रदेश सदस्य उत्तम कुमार गौतम, सप्तकोसी नगर कमिटी अध्यक्ष पारस दाहाल, प्रेस चौतारीका केन्द्रिय सदस्य एवं सप्तरी इन्चार्ज खगेन्द्र कार्की, राष्ट्रीय युवा संघ नगर अध्यक्ष अजय श्रेष्ठ, किसान महासंघका नगर अध्यक्ष निरन्जन चौधरी, अनेम संघ नगर कमिटी अध्यक्ष संगीता चौधरी लगायतको उपस्थिति रहेको थियो ।

तार्किसुन यादवको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवं मधेश प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो भने कार्यक्रमको संचालन नवराज अधिकारी गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page