डम्बर राई /
कञ्चनरुप, चैत १४ गते । प्रेस मञ्च नेपाल सप्तरी शाखाको नव निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई विधिवतरुपमा पदस्थापना गरिएको छ ।
मंगलवार नेपाल पत्रकार महासंघ सप्तरी शाखाको सभाहलमा एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ नेपालका पूर्व सदस्य तथा जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश उपाध्यक्ष शम्भु प्रसाद झाले पदस्थापन गराउनु भएको हो ।
प्रमुख अतिथिको आसनबाट झाले नव निर्वाचित कार्य समितिलाई कार्यकालको सफलताको शुभकामना दिदै पत्रकारीतामा मर्यादित भएर आचारसंहितालाई पालना गरेर कलम चलाउन सुझाव दिनुभयो । उहाँले प्रेस मञ्चमा आवद्घता पत्रकारहरु संगठनका हिसावले एकतामा रहेर पत्रकारबीचमा परेका जुनसुकै समस्या वा अप्ठेरो काममा सुल्झाउन सक्ने अाँट र हिम्मत स्थापित गर्न जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाद्घारा यहि चैत ११ गते जारी प्रेस विज्ञप्तीमा पत्रकार सुद्घिकरणका केहि बुँदाहरु लागु हुन नसक्ने बताउनु भयो । पत्रकारीता क्षेत्रमा निस्कृय भई राजनीतिक क्षेत्रमा आवद्घ भएकाहरुले स्वच्छिकरुपले नेपाल पत्रकार महासंघबाट राजिनामा दिनुपर्ने भन्ने उल्लेखित शब्द व्यवहारमा आउन सक्दैन झाले बताउनु भयो । सबै जिल्लामा यो लागु हुन सक्दैन उहाँले भन्नुभयो काठमाण्डौका पत्रकारहरु खुल्ला हिसावले जुनसुकै क्षेत्रमा पनि संलग्न छन् त्यहाँ पहिला लागु हुनुपर्छ ।
यस्तै नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवले पत्रकारहरु इमान्दार, निष्ठावान र आचारसंहितालाई पूर्ण रुपले पालना गरेर पत्रकारीता गर्न आग्रह गर्नुभयो । जसले सक्रिय भई पत्रकारीता गर्छन त्यसताका हकमा शाखाले सहयोग गर्ने जानकारी गराउदै अध्यक्ष देवले भन्नुभयो निस्कृय तथा अरु अन्य क्षेत्रमा रहेर काम गर्नेलाई पत्रकार भन्न मिल्दैन यस्ताले पत्रकारीताको खोल ओढेर पत्रकार नबनोस् । शाखाका पूर्व अध्यक्ष व्यासशंकर उपाध्यायले महासंघ पत्रकारहरुको छाता संगठन भएका कारण सबैभन्दा पहिला यसको मान मर्यादामा राखेर हिड्न औल्याउनु भयो । पत्रकारका संगठनहरुको हक अधिकार तथा न्यायिक पक्ष अंगिकार गर्ने काम महासंघको भएकोले सबै संगठनहरुले आवद्घ भई मर्यादित बन्नैपर्छ उपाध्यायको सुझाव थियो ।
शाखाका निवर्तमान अध्यक्ष जितेन्द्र खड्गाले प्रेस मञ्च सप्तरीमा अगुवा संगठनका रुपमा देखा परेको बताउनु भयो । जिल्लामा कलिलो उमेरमै यो संगठन सबैको विश्वासमा आएको उहाँले आफ्ना भनाई राख्नुभयो । जसरी विश्वासका साथ ठुलो रुपमा झ्यागिंने बढदो क्रमलाई साथ सहयोग तथा बुद्घिमता, इमान्दारीता देखाउन कार्यसमितिलाई सुभाव पस्किनु भयो ।
आम सञ्चार मिडिया प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरुको सम्मान तथा इज्जतमा आँच आउने किसिमका नकरात्मक क्रियाकलाप पत्रकारहरुबाट पनि हुने गरेकोले यस्ता क्रियाकलापको अन्त्य गर्न आग्रह गर्नुभयो । उहाँले पत्रकारको सबै संगठनको समान इज्जत र मान मर्यादा रहेको बताउनु हुदै भन्नुभयो आम सञ्चार मिडियाबाट आफुले गर्न सक्ने सहयोग गर्दे आएको छु र भविश्यमा पनि गर्ने नै छु ।
समारोहमा मञ्चका केन्द्रिय महासचिव अवधेश झा, केन्द्रिय सदस्य प्रीयासिंह थारु, मञ्चका निवर्तमान अध्यक्ष बृजमान तामाङ, मञ्चको अधिवेशन संयोजक बैधनाथ यादव, प्रेस चौतारी नेपाल सप्तरी शाखाका अध्यक्ष डम्बर राई, पत्रकार महासंघ सप्तरी शाखाका सचिव राम नारायण विश्वास लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मञ्चका नव निर्वाचित उपाध्यक्ष जितेन्द्र कुमार झा लगायतले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन मञ्चका सचिव बिधानन्द रामले गर्नुभएको थियो ।
गत फागुन २१ गते सम्पन्न मञ्चको दोस्रो अधिवेशनले भुषन सिंहको अध्यक्षतामा नौ सदस्य समिति चयन गरिएको मञ्चका अध्यक्ष सिंहले जानकारी दिनुभयो ।
Add Comment