मधेस प्रदेश समाज

सप्तरीको कञ्चनरुपमा बीमाको रकम हात पार्न आफ्नै पतिको करेन्ट लगाई हत्या

कञ्चनरुप (सप्तरी), १५ चैत । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलमा कोशिला देवीले बीमाको रकम हात पार्न आफ्नै पतिको करेन्ट लगाई हत्या गरेको खुलेको छ ।
ईलाका प्रहरी कार्यालय कञ्चनपुरले बुधवार पत्रकार सम्मेलन गर्दै सो घटनाबारे खुलाएको हो । गत कात्तिक ६ गते आफ्नै घरभित्र करेन्ट लागेर शिवशंकरको मृत्यु भएको थियो ।
मृतकको ३० वर्षीया श्रीमती कोशिला देवी दासले आफ्नी दुई बुहारी हिरण देवी दास र शान्ति देवी दासको सहयोगमा ३७ वर्षीय शिवशंकर दासको करेन्ट लगाई हत्या गरेको रहस्य खुलेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभयो । अनुसन्धान गर्दा पाँच महिनापछि शिवशंकरको करेन्ट लागेर नभई करेन्ट लगाएर हत्या गरिएको खुलेको प्रहरी नायव उपरीक्षक रायले बताउनु भयो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुले दिएको बयान अनुसार ऋणको रकम चुक्ता गर्न सो घटना घटाएको हो ।
घटनाको दुई महिना अगाडी मृतक दासको नाममा दुई वटा बिमा कम्पनीमा २०र२० लाखको बिमा गराउन लाग्ने रकम शान्तिले बुझाउने शर्तमा बिमा एजेन्टलाई बोलाई सहयोग गरेकी थिइन । बीमा गराउनका लागि भाउजु नाता पर्ने शान्तीदेवीसँग ऋण लिएको थियो, ऋण चुक्ता गर्न शान्तीदेवीले कोशिला र शिवशंकरलाई तनाव दिँदै आएकी थिइन् ।
पछि शान्तिले सो रकम र साँवा ब्याज सहित दिन बारम्बार मृतक दास र निजको श्रीमतीलाई ताकेताको नाममा गालीगलोज गर्ने र सो रकम पाउनको लागी श्रीमानलाई मारी उक्त ईन्स्योरेन्सको बिमाबाट दोब्बर पैसा आउँछ अनि सबै ऋण चुक्ता हुन्छ भनि फकाउँदै शान्ति देवीले शिव शंकर दासलाई मार्नु भनी कोसिला देवी दासलाई सबै पूर्व योजना बताउछीन् ।
पुर्व योजना अनुसार गत कार्तिक ५ गते बिहान शान्ति देवीले मृतक दासलाई आफ्नो घरमा बोलाई अत्यधिक रक्सी खुबाएर आफ्नो घर (मृतकको घर) पठाइन्छ । मृतक मातेर धरखरिदै आफ्नो घरको भान्सा कोठामा रहेको खाटमा गई सुत्छन् । त्यहीँ बेला श्रीमती कोशिलाले उनको बायाँ हातको साहली औंलामा बिजुलीको तार बेरी लाइन दिन्छीन् ।
सो योजना सफल बनाउन अर्की बुहारी हिरण देवी दासले टर्च बालेर सहयोग गरेको प्रहरीले बताए।
हत्यापछि कोशिलादेवीले नै आफ्नो पति शिवशंकरको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेपछि शंकाका आधारमा अनुसन्धान अघि बढाइएको थियो । सोही क्रममा तीनै जनालाई नियन्त्रणमा लिइएको थियो भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page