मधेस प्रदेश समाचार समाज

बाल विवाह र बहु विवाहको कसुरमा यादवलाई ८ महिना कैद सजाय

राजविराज, १५ चैत । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको आरोपमा राजविराज नगरपालिका–१५ का ३६ वर्षीय जितेन्द्र यादवलाई मंगलबार ८ महिना कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई बालविवाहमा १ महिना र बहुविवाहमा ७ महिना गरी ८ महिना कैद सजाय भएको हो ।
यसैगरी बाल विवाह तथा बहु विवाह कसुरमा आरोपितलाई पाँच हजार रुपियाँ जरिवाना तिराउने र दई सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा भराउने फैसला भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।
आरोपितकी जेठी पत्नी ३५ वर्षीया पवनकुमारी यादवले जिल्ला प्रहरी कार्यालयमा ०७९ असोज २७ गते उजुरी दिनुभएको थियो । घरबाट असोज २२ गते निक्लिएका आरोपितले असोज २६ गते दोस्रो विवाह गरेको फोटो र भिडियो पठाए पछि पीडितले थाहा पाउनुभएको थियो । राजविराज नगरपालिका–८ रुपनी मोडबाट असोज ३० गते आरोपितहरू गिरफ्तार भएका थिए ।
जिल्ला प्रहरी कार्यालयले ०७९ असोज ३१ गते बहुविवाहको उजुरी दर्ता गरेको थियो । आरोपितले काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बहुविवाह गरेको स्विकार गरी अदालतमा वयान दिए ।
जिल्ला अदालतमा कात्तिक २२ गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश रमेशप्रसाद ज्ञवालीको आदेशमा आरोपित जितेन्द्र कात्तिक २३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । सामाजिक परम्पराअनुसार १३ वर्ष अघि विवाहिता पीडिततर्फ दुई छोरा छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page