अर्थतन्त्र

सप्तरीको कञ्चनपुरमा नबिल बैंकको शाखा विस्तार

कञ्चनरुप, १८ जेठ । नबिल बैंक लिमिटेडले सप्तरीको कञ्चनरुपमा नयाँ शाखा विस्तार गरेको छ।
बिहीवार सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ स्थित कञ्चनपुरमा नयाँ शाखाको उद्घाटन गरिएको हो।
कार्यक्रममा वक्ताहरुले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेकोले यस क्षेत्रमा आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याएर स्थानिय अर्थतन्त्रको विकास गर्नका साथै उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिन अनुरोध गर्नु भएको थियो ।

शाखा प्रबन्धक सुरज कुमार ठाकुरले ग्राहकहरुलाई विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उदेश्यले शाखा कार्यालय बिस्तार गरिएको बताउनु भयो ।
यस उद्घाटन समारोहमा शाखाको शाखा प्रबन्धक ठाकुर, कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ता, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक,बाणिज्य संघका अध्यक्ष, उधोगी ब्यवसायीहरु, पत्रकार र बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।
यस अघि बैंकले केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी डिजिटल उद्घाटन गरेको थियो। स्थापनाको ३८ वर्ष पार गरेको बैंकले एक साथ देशभर ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

‘नबिलबैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकै साथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ।
३८ नयाँ शाखा मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चापलनमा ल्याइएको छ । त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिकमप्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्घााटन गरिएको हो।
३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ।
विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने अपेक्षा राखिएको छ। मुलुककै अग्रणी बैंक मध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्नो शाखाहरू निरन्तर विस्तार गरेको बैंकले जनाएको छ।
नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाइएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page