राजनीति

एमालेमा ७० वर्षे उमेर हद हटेपछि वामदेव गौतम पुरानै पार्टी फर्किने सम्भवना

काठमाडौँ । राष्ट्रिय सभाका सदस्य एवं नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्किने बताएका छन्।
एमालेले मंगलबार मात्रै ७० वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेपछि वामदेवले पुरानै पार्टीमा फर्किने सम्भवना बढेको बताएका हुन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा उनले ७० वर्षे उमेर हद निलम्बन भइरहे फर्किन तयार रहेको घोषणा गरे।
मेरो सदस्यता अझै पनि त्यहीँ छ,अझै पनि त्यसको माया छ’, उहाँले भन्नुभयो, ‘मैले बनाएको पार्टी पूर्ण कम्युनिष्ट भइसकेको छैन। मलाई एमालेबाट हटाइसकेको छैन। मेरो सदस्यता अझै पनि एमालेमै छ। पोहोरसम्म सदस्यता शुल्क तिरिसकेको थियो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतम नेकपा एमालेमा आउने कुरा ठिक भएको बताएका छन् । गौतमको पार्टी सदस्यता एमालेमै रहेको भन्दै उनले यस्तो बताएका हुन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page