मधेस प्रदेश राजनीति

छात्रालाई ल्याप्टप भन्दा पनि शैक्षिक अवस्थामा सुधार ल्याउन मधेश सरकारलाई सांसद लेखीको सुझाव

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य एवम् मधेश प्रदेशका पूर्व कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार लेखीले मधेश सरकारले कक्षा १२ का छात्रालाई ल्याप्टप दिने नीति तथा कार्यक्रम ल्याएकोमा आपत्ति जनाएका छन् ।
मधेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा बिहीबारदेखि संसदमा छलफल सुरु भएको छ । छलफलमा भाग लिँदै सांसद लेखीले विद्यालयको शैक्षिक अबस्था सुधार्नुको साटो छात्रालाई ल्याप्टप दिने योजना ल्याएको भन्दै आपत्ति जनाएका हुन ।
मधेश प्रदेशको धेरै विद्यालयमा भवन र शिक्षकको अभाव रहेको छ । शौचालय लथालिङ अवस्थामा छ, तर सरकार छात्रालाई ल्याप्टप दिने कार्यक्रम ल्याएको छ । यो ठीक नरहेको सांसद लेखीले बताए ।
विद्यालयको शैक्षिक अवस्था सुधार गर्न जरुरी रहेकाले विद्यालयमा भवन निर्माण गर्न, शिक्षक दरबन्दी थप्न र शौचालयको अवस्थामा सुधार ल्याउन सांसद लेखीले सरकारलाई सुझाव दिए ।
सांसद लेखीले बजेटको स्थिति देख्दा अहिलेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नेमा शंका रहेको बताए । उनले सरकारको नीति तथा कार्यक्रम एकातीर, बजेट अर्कै तिर आउने समेत बताउँदै कार्यान्वयन झन फितलो रहेको बताए ।
सांसद लेखीले यी कुराहरुमा सरकारको ध्यानाकर्षण गराए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page