राजनीति

मधेस सरकार सबैभन्दा भ्रष्ट, अनैतिक, असक्षम र असमावेसी रहेको साँसद लेखीको आरोप

राजविराज । मधेश प्रदेश सरकार दक्षिण एसियाकै सबैभन्दा भ्रष्ट, अनैतिक, असक्षम र असमावेशी सरकार रहेको मधेश प्रदेशका पूर्व कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री एवं नेकपा एमालेका प्रदेश साँसद राजकुमार लेखीले आरोप लगाए ।
सप्तरीको महुलीमा मंगलबार महुली सामुदायिक विकास केन्द्रको ३० औं तथा महुली लघुवित्त वित्तीय संस्थाको ११ औं स्थापना दिवसको आवसारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साँसद लेखीले सो कुरा बताएका हुन् ।
मधेश प्रदेशमा कर्णाली प्रदेश भन्दा कम बजेट आउनुमा स्वयं मधेश सरकार दोषी रहेको बताउँदै सांसद लेखीले मधेश प्रदेशका मन्त्रीहरु हरेक योजनामा २० प्रतिशत कमिसन लिनेगरेको बताए । पालिकामा आउने सशर्त अनुदानमा समेत चरम भ्रष्टाचार भएको हुँदा आम रुपमा जनता सचेत भएर खबरदारी गर्नैपर्ने स्थिती सृजना भएको बताए ।

प्रदेश सभामा सदस्यहरुले पटक पटक आवाज उठाएपनि सरकारले वास्ता नगरेको उनले बताए । प्रदेश सरकार समावेशी नभएपनि भाषणमा भने समावेशीताको नारा घन्काउने गरेको सांसद लेखीको आरोप छ ।
केन्द्र सरकारले पठाएको बजेट प्रदेश सरकारले ५० प्रतिशत भन्दा अधिक खर्च गर्न नसकेकाले बजेट कटौति हुँदै गएको र प्रदेशप्रति विश्वास गुम्दैगएको प्रति सांसद लेखीले चिन्ता व्यक्त गरे ।
उनले अरुलाई आरोप लगाएर आफ्नो कमजोरी ढाकछोप गर्ने संक्रीण सोच प्रदेश सरकारको रहेको दावी गरे । प्रदेश सरकारको काम गर्ने शैली ठिक नहुदा वार्षिक ५० प्रतिशत विकासिय बजेट फ्रिज हुने गरेको समेत बताए ।
सांसद लेखीले मुख्यमन्त्रीको निरिहताका कारण मधेश सरकार भ्रष्ट सरकारको रुपमा स्थापित भएको बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page