मधेस प्रदेश समाचार

भारदहबाट खैरो हेरोइनसहित एक भारतीय र एक नेपाली नागरिक पक्राउ

कञ्चनरुप, ३ असार । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह चोकबाट आज खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीबाट खटिएको टोलीले बिशेष सुचनाको आधारमा एक भारतीय र एक नेपाली नागरिकलाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोटरसाईकल चालक भारत बिहार राज्य जिल्ला मधुवनी थाना जयनगर ग्राम पञ्चायत बेतौना–८ वस्ने २९ वर्षीय सन्तोष कुमार साह र मोटरसाईकल पछाडी सवार सिरहा जिल्लाको सिरहा नगरपालिका–१७ ईनरवा बस्ने १९ वर्षीय सुरज कुमार पासवान रहेको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम लोकमार्ग मस्जिद नजिकमा चेकजाँच गर्ने क्रममा पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको भारतीय बीआर ३२ आर ७७०३ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा साहको पेन्टको गोजीबाट चार ग्राम १९ मिली ग्राम खैरो हेराइन फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
आरोपितहरुविरुद्ध लागु औषधमा उजुरी दर्ता गरी कारवाही थालिने इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरिक्षक दिपककुमार रायले बताउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page