मधेस प्रदेश समाचार समाज

कञ्चनरुप-७ बलुवाबाट १६ किलो भन्दा बढी अवैध गाँजासहित साह पक्राउ

कञ्चनरुप । सप्तरीको कञ्चनरुपबाट १६ किलो भन्दा बढी अवैध गाँजासहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका ७ बलुवाका उमेश साह रहेका छन ।
घरमा भण्डारण गरी अवैध गाँजाको बिक्री वितरण गर्ने गरेको भन्ने विशेष सुराकीका आधारमा सोमबार इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले साहको घरबाट १६ किलो ९ सय ३० ग्राम गाँजा नियन्त्रणमा लिएको हो ।
उक्त गाँजा साहले जस्ताको बाक्सभित्र कालो प्लास्टिकको पोकामा प्याक गरि राखेका थिए ।
घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page