खेलकुद मधेस प्रदेश

राजविराज द किंगलाई ७ विकेटले पराजित गरेसँगै खडक वारियर्सको दोस्रो जित

राजविराज । सप्तरीको राजविराजमा जारी पाँचौ संस्करणको सप्तरी प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको चौंथो दिनको पहिलो खेलमा बजाज खडक वारियर्सले राजविराज द किंगलाई ७ विकेटले पराजित गरेको छ। खडक वारियर्सको यो लगातार दोस्रो जित हो।
राजविराजले दिएको ८८ रनको लक्ष्य खडक वारियर्सले ६.१ ओभरमा ३ विकेट गुमाएर सहजै पूरा गरेको छ ।
बजाज खडक वारियर्सको ब्याटिंगमा कप्तान विवेक यादवले विस्फोटक पारि खेल्दै १९ बलमा २ चौका र ५ छक्का मद्दतले अविजित ४५ रन बनाए । साहिल पटेलले १२ तथा राज वर्मा र सन्दिप रजालीले समान ११ रन बनाए। राजविराजका बलर बिक्रम सोबले २ तथा सकिम आलमले १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको राजविराज द किंगले १८ ओभरमा ८७ रन बनाउँदा सबै विकेट गुमाएको थियो। राजविराज द किंगको लागि शंकर रानाले सर्वाधिक २६ तथा तृतराज दासले १७ रन बनाए।
खडक वारियर्सका देब्रे हाते स्पिनर अनिल खरेलले ४ ओभर बलिंग गर्दै १ मेडन ओभरसहित १७ रन मात्र खर्चिए एक्लैले ४ विकेट लिए। खरेल प्लेयर अफ द म्याच घोषित भए। यस्तै अनिल यादवले ३, विवेक यादवले २ तथा दिनेश अधिकारीले १ विकेट लिए।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page