कोशी प्रदेश समाचार

प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ

झापा, असार ८ गते । झापाको झापा गाउँपालिका ४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले बिहीबार चेक जाँचको क्रममा काठमाण्डौ चन्द्रागिरी नगरपालिका १५ का ३८ बर्षीय अच्युत कुमार मगरलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
मगरको साथबाट ब्राउन सुगर १७ ग्राम १२० मिलिग्राम बरामद गरेको हो ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page