समाचार

सप्तकोशी नगरपालिका वडा नं.–२ को वडा सभा भव्यताको साथ सम्पन्न

कञ्चनरुप, ९ असार । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर २ को वडा सभा शनिबार भव्यताको साथ सम्पन्न भएको छ ।
वडा नम्बर २ को वडा अध्यक्ष जाहिर हुसेनको अध्यक्षता तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं पूर्व कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री नेकपा एमालेका सांसद राज कुमार लेखीको प्रमुख आतिथ्यमा वडा सभा सम्पन्न भएको हो ।
वडा नम्बर २ का अध्यक्ष जाहिर हुसेनले गत आर्थिक वर्ष २०७९/०८० को बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै वडालाई प्राप्त ३२ लाख ८० हजारबाट विभिन्न २५ वटा योजना तथा कार्यक्रम संचालन गरेको बताए । उनले वडा स्तरीय योजना बाहेका आफ्नो पहलबाट प्रदेश सरकार तथा प्रदेश संसदीय कोषबाट १ करोड भन्दाबढीको विभिन्न ७ वटा योजना संचालन गरेको बताए ।

अध्यक्ष हुसेनले आगामी आर्थिक बर्ष २०८०/ ०८१ का लागि २८ लाख बजेट प्राप्त भएको जानकारी दिदै जनताको प्रमुख समस्या र आबश्यकताको आधार मानी बजेट विनियोजन गरिएको बताए ।
कार्यक्रममा पुर्व नगरप्रमुख उत्तम कुमार गौतम, वडा नम्बर १ का अध्यक्ष रोहिनी प्रसाद पोखरेल, वडा नम्बर ३ का अध्यक्ष देवकान्त गोजेवार, रिटर्नी फेडरेशनका केन्द्रिय सचिब सरिता चौधरी, सामुदायिक बन उपभोक्ता महासंघ सप्तरीका अध्यक्ष अशोक कुमर चौधरी, २ नम्बर वडाका प्रत्यासी उम्मेदवार मधुकर चौधरी, गोबर्धन क्याम्पसका संगिता काफ्ले, स्थानीय शिव प्रसाद गुप्ता, देव नारायण चौधरी लगायतकाले मन्तव्य व्यक्त गरे ।

वडा सदस्य नवराज अधिकारीद्वारा संचालित कार्यक्रममा स्वागत अर्का वडा सदस्य पानोदेवी राजधामीले गरिन भने आर्थिक बर्ष २०८०/८१ को प्रस्तावित बजेट निति तथा कार्यक्रम वडा सदस्य रविन्द्रनाथ चौधरीले गरे ।
कार्यक्रममा सप्तकोशी नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, २ नम्बर वडाका राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी,बुद्धिजीवी तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page