आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
मधेस प्रदेश

सप्तरीमा महिलालाई वैवाहिक बलात्कार गरेको कसुरमा उनका ३९ वर्षीय पतिलाई एक महिना कैद

सप्तरी । सप्तरीमा ३२ वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको कसुरमा उनका ३९ वर्षीय पतिलाई बिहीबार एक महिना कैद सजायको फैसला भएको छ ।
जिल्ला न्यायाधीश माधवप्रसाद सुबेदीको इजलासले आरोपितलाई कैदका साथै ५५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिलाउने र फौजदारी कसुर पीडित राहत कोषमा २ सय रुपियाँ जम्मा गर्न लगाउने समेत फैसला भएको छ ।
आरोपितले २०७९ असोज २० गते बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा असोज २१ गते उजुरी दिनुभएको थियो । पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा असोज २१ गते स्वास्थ्य परीक्षण भएको थियो ।
इलाका प्रहरी कार्यालय कडरबोनाले असोज २४ गते उजुरी दर्ता गरेको थियो । सोही दिन प्रहरीले आरोपितलाई गिरफ्तार गरेर जिल्ला अदालतमा कात्तिक १५ गते अभियोगपत्र दायर गरेको थियो ।
जिल्ला न्यायाधीश रमेश प्रसाद ज्ञवालीको इजलासबाट आरोपित ०७९ कात्तिक १७ गते धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page