खेलकुद

सप्तरी प्रिमियर लिग : कञ्चनरूप राइनोजको सहजै जित, फाइनल पुग्ने सम्भावना जिवितै

कञ्चनरुप । सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिग अन्तर्गत सातौँ दिन शनिबार सम्पन्न पहिलो खेलमा कञ्चनरूप राइनोजले सहजै जित हासिल गरेको छ ।
राजविराज द किंगले दिएको ८६ रनको लक्ष्य कञ्चनरूपले ६.३ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा गरेर जित हासिल गरेको हो । ९ विकेटले जित हासिल गरेको कञ्चनरूपले फाइनल पुग्ने सम्भावना जिवितै राखेको छ ।
कञ्चनरूपको जितमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नारायण जोशीले आक्रामक अर्धशतक बनाए । जोशीले मात्र १८ बलमा १ चौका र ७ छक्काको मद्दतले ५० रन बनाए । यस्तै दिलिप नाथले अविजित २४ तथा राकेश कामतले १४ रन बनाए । दोस्रो विकेटका लागि नारायण र दिलिपले ७५ रनको साझेदारी गरे।
टस हारेर ब्याटिङ गरेको राजविराज द किंगले निर्धारित ११ ओभरमा ८ विकेट क्षतिमा ८५ रन बनायो । वर्षाका कारण खेल ढिला सुरु भएपछि ओभर घटाएर खेलाइएको थियो।
राजविराजको ब्याटिङमा ओपनर सन्तोष कार्कीले सर्वाधिक ३० रन ,प्रतिक श्रेष्ठले १८ तथा अभिषेक कार्कीले अविजित १५ रन बनाए । प्लेयर अफ द म्याच घोषित कञ्चनरूपका तीव्र गतिका बलर राशिद खानले ४ विकेट लिए । उनले ३ ओभर बलिंग गर्दै १० रन मात्र खर्चिए । सुमित श्रेष्ठले २ तथा चित्र बिष्टले १ विकेट लिए।
चौंथो खेल खेल्दा दोस्रो जित दर्ता गरेको कञ्चनरूप राइनोज ४ अंकसहित तेस्रो स्थानमा उक्लेको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page