मधेस प्रदेश समाचार

कुटपिट घटनाका आरोपित पतिविरुद्ध उजुरी दिइन् सुमनले, पत्नी अस्पतालमा भर्ना

सप्तरी, १० असार । सप्तरीको राजविराज नगरपालिका–१ की ३५ वर्षीया सुमन कुमारी दासलाई उनका पति ४२ वर्षीय उमाकान्त दासले मरणासन्न हुने गरी कुटेको भन्दै जिल्ला प्रहरी कार्यालयमा आज उजुरी दिएकी छिन् ।
अस्पतालमा उपचारार्थ भर्ना भएकी पीडितले कानुनी कारवाहीका लागि पहल गर्न सम्बन्धित निकायसँग माँग गरेकी छन् ।
घरमै किरानापसल सञ्चालन गरी बसेकी पीडितलाई झुठा आरोप लगाई अपशब्द गालीगलौज गरी असार ७ गते भित्ता पर्खालमा टाउको ठोक्याउँदै लात, मुडकीले कुटपिट गरेको पीडितले बताइन् ।
टाउको फुटेर रक्ताम्य भई बेहोस बनेकी उनलाई छोराले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराएको छ । टाउकोमा टाँका लगाइएकी पीडितको अस्पतालमा उपचार भइरहेको छ ।
एक वर्ष अघि पनि कुटपिट गरेका आरोपितले प्रहरी समक्ष गल्ती स्विकार गर्दै अब आइन्दा कुटपिट, गालीगलौज नगर्ने लिखित सहमति गरेका थिए ।
प्रहरी समक्ष पत्नीलाई नकुट्ने सहमति गरेपनि घरमा निहुँ खोजी–खोजी कुटपिट, गालीगलौज गर्ने गरेकोले पीडितले कडा कारवाहीको माँग गरेकी छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page